११ मंसिर २०८१, मंगलबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण ०८, २०७७

विराटनगर – प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव तोकिएकै समयमा हुने र सूर्य चिन्ह आफूहरुले नै पाउनेमा विश्वस्त रहेको बताएका छन् ।

नेकपा ओली पक्षको प्रदेश १ ले विराटनगरमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिले निर्वाचन आयोगले सूर्य चिन्ह कसलाई देला भन्ने सर्वत्र चासो भैरहेको हुुँदा आफूले २०४७ साल देखि सूर्य चिन्हबाट चुनाव लडेको तर सूर्य चिन्हबाट चुनाव नलडेकाले यसमा दावी गरेको भन्दै आपत्ति जनाए ।‘म २०४७ साल देखि सूर्य चिन्हबाट चुनाव लडेको छु, तर सुुर्य चिन्ह बाट नलडेकाले दावी गर्दा तपाईहरुलाई हाँसो लागेन ?’ उनले सभालाई प्रश्न समेत गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै मितिमा चुनाव हुने बताउँदै सबै बैशाख १७ र २७ गते हुने चुनावका लागि तयार हुन आग्रह गरे ।उनले भने, ‘हामी चुनावको तयारीमा छौं, अब अस्थिरतातिर देश फर्कदैन, कुनै भ्रममा नपरी चुनावको तयारी गरौं ।’यस्तैगरी सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले नेकपाका अर्का अध्यक्ष प्रचण्ड प्रति आक्रोश समेत पोखे । प्रचण्डलाई राजनीतिमा सफलता पाउन सम्भव नभएको दावी गर्दे उनले भने, ‘मैले दुुई चार सिटमा सिमित हुुने प्रचण्डलाई जुरो हालिदिएको थिएँ, सिङ लामा भएपछि उहाँमा अहंकार भरियो, उहाँ हामीलाई सिध्याउँछुु भन्ने तिर लाग्नुुभयो ।’

प्रतिनिधि सभा विघटनपछि नेकपा दुई पक्षमा विभाजित भएको छ । विभाजित दुबै पक्षबीच प्रदर्शनको होडबाजी चलिरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]