भक्तपुर – टिपरको ठक्करबाट पैदलयात्री शिक्षकको मृत्यु भएको छ । शुक्रबार राति भक्तपुर नगरपालिका–१ घलाते चोकमा नम्बर नखुलेको टिपरको ठक्करबाट पैदलयात्री सिन्धुपाल्चोक बलेफी गाउँपालिका–७ का ३५ वर्षीय बलराम तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनी नाईटिङ्गेल बोर्डिङ स्कुल कुपन्डोल ललितपुरमा शिक्षक पेसामा कार्यरत थिए ।टिपरको ठक्करबाट गम्भीर घाइते तामाङको उपचारको क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी दिपक गिरीले बताए । प्रहरीले ठक्करदिने बा ५ ख ४७९ नम्बरको टिपर र चालक सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका–११ घरका २९ वर्षीय सुरेन्द्र खत्रीलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार तीव्रगतिमा गुडेको टिप्पर बाटो काट्दै गरेका तामाङलाई जोगाउन खोज्दा ठक्कर दिई डिभाईडरमा कोल्टे पर्न गएको थियो ।