११ पौष २०८१, बिहिबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण ०९, २०७७

झापा – पूर्वको प्रमुख व्यापारीक केन्द्र बिर्तामोड यतिबेला आसन्न उद्योग वाणिज्य संघको निर्वाचनमा होमिएको छ । व्यवसायिक तथा आर्थिक दृष्टिकोणले पूर्वकै प्रमुख व्यापारीक हब मानिने बिर्तामोड र उवासंघ बिर्तामोडको निर्वाचन सबैको चासोको विषय बनेको छ ।

निर्वाचनका लागि अध्यक्ष पदमा दुई जनाले मनोनयन दर्ता गराएका छन् । फागुन १६ गते हुने मतदानका लागि लोकतान्त्रिक व्यवसायिक प्यानलका तर्फबाट प्रकाश शिवाकोटी र संयुक्त व्यवसायी प्यानलको तर्फबाट सुवास भट्टराईले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।लोकतान्त्रिक व्यवसायिक प्यानलको तर्फबाट वरिष्ठ उपाध्यक्षमा राजु न्यौपाने र संयुक्त व्यवसायी प्यानलको तर्फबाट नारायणप्रसाद चिमरियाको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै उद्योग उपाध्यक्षमा सञ्जिव घिमिरे र प्रकाश घिमिरेको उम्मेदवारी परेको छ भने वाणिज्य उपाध्यक्षमा राजकुमार घिमिरे र रामकृष्ण अधिकारीले मनोनयन दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत शेखरप्रसाद ढकालले जानकारी दिए ।वाणिज्य संघको जनसम्पर्क उपाध्यक्ष पदमा लोकतान्त्रिक व्यवसायिक प्यानलको तर्फबाट नैनकला भट्टराई र संयुक्त व्यवसायी प्यानलका तर्फबाट उर्मिला खरेलले मनोनयन दर्ता गराएका छन् । महासचिव पदका लागि रविन्द्र भट्टरई र अर्जुनकुमार मैनालीले मनोनयन दर्ता गराएका छन् । उद्योग सचिवमा कुशल खतिवडा र धनबहादुर डाँगीले उम्मेदवारी दर्ता गर्दा वाणिज्य सचिवतर्फ राजकुमार शाह र कृष्ण पौडेलको उम्मेदवारी परेको छ ।

वाणिज्य संघको कोषाध्यक्षमा दिपेन्द्र राउत र दुर्गा थपलियाको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै महिला सह–कोषाध्यक्षमा राधिका चुडाल हुमागाई र रञ्जु प्याकुरेलको उम्मेदवारी परेको छ । त्यस्तै वाणिज्य संघको नयाँ नेतृत्वको महिला सदस्य पदमा तिलोत्तमा खत्री, तुलसा ढकाल खनाल, रुची शिवाकोटी र श्रृंजना अग्रवाल सोनीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।निर्वाचन समितिले दिएको जानकारी अनुसार सदस्य पदमा गौरीशंकर गुप्ता ‘टिंकु’, गोविन्द कार्की, दिपक मित्तल, भगिरथ लुइँटेल, जीवनकुमार खड्का, पुकार बराल, बलराम सिटौला, मनोजकुमार शाह, विकास बस्नेत, सूर्यकुमार खतिवडा, गुञ्जन प्रसाईं, उदयशंकर शाह, बलबहादुर लिम्बू, सन्नी गोयल र विशाल थापाले उम्मेदवारी दर्ता गराएका छन् ।

बिर्तामोड उद्योग वाणिज्य संघको कार्यसमितिको कूल १९ पदका लागि हुने निर्वाचनमा ३९ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन समितिका अनुसार सात वटा खुल्ला सदस्य पदका लागि १५ जनाको उम्मेदवारी परेको छ । त्यस्तै दुईवटा महिला सदस्य पदमा चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी अध्यक्षसहित सबै पदाधिकारी पदमा दुई–दुई जनाको उम्मेदवारी परेको छ । आसन्न निर्वाचनमा कूल चार हजार पाँच सय ३९ मतदाता रहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]