काठमाडौं – मकवानपुरमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पर्सा ठोरी गाउँपालिका-५ बस्ने जेम्स भन्ने २३ वर्षीय कुमार तामाङलाई शुक्रवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।हेटौंडा उपमहानगरपालिका-२ स्थितमा तामाङले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले तामाङलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।