०६ आश्विन २०८१, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण ०९, २०७७

सामाजिक सञ्जाल फेसबुकले म्यानमार सैनिकको पेज बन्द गरिदिएको छ।

फेब्रुअरी १ मा भएको सैन्य कूको विरोधमा उत्रिएका दुई जना प्रदर्शनकारीको प्रहरीले हानेको गोली लागेर मृत्यु भएको अर्को दिन फेसबुकले हिंसा भड्काउने कुरालाई प्रतिबन्ध गर्ने आफ्नो विश्वव्यापी मापदण्डअनुसार सैनिकको पेज बन्द गरिएको जनाएको छ।’हाम्रो मापदण्डको पटक-पटक उल्लंघन गरेको तात्मादअ ट्रु न्युज इन्फरमेसन टिम पेज हटाइदिएका छौं,’ फेसबुकका प्रतिनिधिले वक्तव्य जारी गर्दै भनेका छन्।

म्यानमारको सैनिकलाई तात्मादअ भनेर चिनिन्छ। उसको ट्रु न्युज पेज आइतबारदेखि फेसबुकमा देखिन्न।फेसबुकको यो कदमबारे म्यानमारको सैनिकले कुनै प्रतिक्रिया दिएको छैन।यसअघि आइतबार भएको प्रदर्शनका क्रममा मन्डालय सहरमा प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको थियो।

म्यानमारका नागरिक दुई सातादेखि सैनिक कूविरूद्ध प्रदर्शन गरिरहेका छन्। प्रदर्शनका क्रममा अहिलेसम्म तीन जनाको मृत्यु भइसकेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]