सप्तरी – सप्तरीको खडक नगरपालिका वडा नम्वर ८ विसनपुरस्थित एम एण्ड एम अटो मोटर पार्ट्स शोरुम अब आफ्नै भवन बाट सेवा सुविधा दिने भएको छ । शुक्रवार आयोजित एक कार्यक्रम बीच सो भवनमा एम एण्ड एम अटो मोटर पार्ट्स शोरुम उद्घाटन गरिएको हो ।
खडक नगरपालिकाका मेयर हेमायु हकले उक्त शोरुम उद्घाटन गरेका छन् । विसनपुरमा स्थित रहेको शोरुम अहिल्य भन्ने पुरानो शोरुमभन्दा पूर्वतर्फ करिब ५ सय मिटरको दुरीमा (राजमार्गसँगै उत्तरतर्फ) आफ्नै भवन तयार भएसँगै शोरुम सारिएको सञ्चालक अनवर अलीले जानकारी दिएका छन ।
यद्यपी ग्यारेज, पार्ट्स विक्री लगायतका कार्य पुरानै ठाउँबाट उपलब्ध गराइने र नयाँ भवनमा सञ्चालन भएको शोरुमबाट नयाँ मोटरसाइकलकासाथै अन्य फ्रिज, वासिङ मेसिङ्ग, पंखा लगायतका ईलेक्ट्रोनिक्स सामानहरु विक्री गरिने जनाएको छ ।
चाडपर्वको बेला इलेक्ट्रोनिक्स सामानहरुमा विशेष छुट पनि उपलब्ध गराइरहेको सञ्चालन अलीले बताएका छन ।