काठमाडौं – पायोनियर मोटो कर्पले नयाँ निशान म्यागनाईटको मूल्य सार्वजनिक गर्दै नेपाल सबै डिलरमार्फत बुकिङ खुल्ला गरेको छ ।
नेपाली बजारमा निशान म्यागनाईटको मूल्य २९ लाख ४९ हजार तोकिएको छ ।निशान मोटर इन्डियाका अध्यक्ष तथा दक्षिण एशिया बजारका इन्चार्ज सिनन ओजकोकका अनुसार निसान म्याग्नाइटले निशान नेक्स्टके नेपाली र विश्व बजारका लागि तय गरिएको रणनीतिमा नयाँ अध्यायको सुरूवात गर्नेछ ।नयाँ निसान म्याग्नाइटमा २० भन्दा बढी प्रथम श्रेणी र बेस्ट(इन) सेगमेन्टका सुविधा रहेको कम्पनीले जनाएको छ ।
नयाँ निशानका गाडी २९ लाख ४९ हजारदेखि ४२ लाख ७९ हजारसम्म रहेको कम्पनीले जनाएको छ । पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक संदीप कुमार शारदाका अनुसार नयाँ निसान म्याग्नाइटको लन्च निशानको लामो ग्राहक केन्द्रित यात्रामा एउटा अविस्मरणीय कोषे ढुङ्गाको काम गर्नेछ ।
विशेष गरी ग्राहकहरुको आकांक्षा र उच्च प्रविधिको समायोजन भएको म्यागनाईटले नेपाली बजारमा गेम चेन्जरको भुमिका निर्वाह गर्ने बताए ।