राजधानीको सडकमा एक जना सर्वाङ्ग नाङगो मान्छे दौडिएपछि उनलाई समात्नको लागि पुलिस पछिपछि दौडिएको रोचक घटना अहिले चर्चामा छन् ।
सडकमा ती व्यक्ति नाङ्गै दौडिइरहेको देखेपछि स्थानीयले पुलिसलाई बोलाएका थिए । पुलिस आएपछि २९ वर्षका रस स्प्रङहाम अघिअघि र पुलिस पछिपछि दौडिएका थिए । तीन जना पुलिस अधिकारीहरुले रसलाई लखेटिरहेका थिए ।द सनका अनुसार पश्चिम लण्डनको नटिङ हिलमा भएको यो अनौठो खेदाइलाई ३९ वर्षीय डेलिभरी साइकल चालक पेड्रो लुलाले भिडियो खिचेका थिए। उनले भने– ‘म बाइकमा थिएँ, मैले माथि हेरें र एक जना नाङ्गो मानिस दौडिरहेको देखें ।’ मेट पुलिसका एक प्रवक्ताले भने ‘एक जना मानिस सडकमा नाङ्गै हिँडिरहेको रिपोर्ट आएपछि आइतबार, फेब्रुअरी २१ का दिन वेस्टवे बीटुमा प्रहरीलाई बोलाइएको थियो । अफिसरहरू र लण्डन एम्बुलेन्स सेवा पनि त्यहाँ पुगेका थिए ।’लण्डन एम्बुलेन्स सर्भिसले उनलाई समातेपछि ती व्यक्तिलाई गिरफ्तार गरियो र मध्य लण्डनको प्रहरी चौकीमा हिरासतमा राखिएको छ ।
कुनै निश्चित ठेगाना नभएका स्प्रिङहामलाई वेस्टमिनिस्टर मजिस्ट्रेट अदालतमा अभद्र व्यवहार गरेको अभियोगमा दोषी ठहर गरिएको छ । उनलाई पुलिस हिरासतमा पठाइएको छ र अर्को महिना सजाय सुनाइनेछ ।