काठमाडौं – विगत १० महिनादेखि श्रीलङ्काका कारागारमा रहेका २६ जना नेपाली महिला रहेको छन् । विभिन्न मुलुक जाने क्रममा ट्रान्जिटका रूपमा श्रीलङ्काको बाटो प्रयोग गरेका ती महिलालाई श्रीलङ्का प्रहरीले पक्राउ गरेको हो ।
श्रीलङ्कास्थित नेपाली दूतावासले उनीहरु तत्काल छुट्ने सम्भावना नरहेको जनाएको छ । ती महिलालाई विभिन्न खाडी मुलुक लैजानका लागि एजेन्टको रूपमा काम गर्ने श्रीलङ्काली नागरिकलाई त्यहाँको प्रहरीले अदालतमा मुद्दा दायर गरेपछि प्रमाणका लागि नेपाली महिलालाई त्यहाँ राखिएको बताइएको छ । नेपालका विभिन्न क्षेत्रका महिलाहरूलाई खाडी मुलुकसम्म पुर्याउनका लागि छिमेकी मुलुक भारतका पूर्वोत्तर राज्यका नाकाहरूको प्रयोग बढ्दै गएको छ ।
अवैध बाटो हुँदै खाडी मुलुकसम्म जानका लागि अहिले भारतका पूर्वोत्तर राज्यहरू मिजोरम तथा मणिपुरबाट सोझै म्यान्मार पुगिने र त्यहाँबाट विभिन्न खाडी मुलुकसम्म पुग्न सहज भएकाले उक्त रूटको प्रयोग अहिले बढ्दो क्रममा रहेको बताइएको छ।