१४ मंसिर २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, फाल्गुण १३, २०७७

काठमाडौं – कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप वितरणका लागि आजदेखि प्रदेशस्तरमा खोप पठाइँदै छ । प्रदेश नम्बर–१, २ र वाग्मती प्रदेशका लागि केन्द्रीय कोल्डचेन टेकुबाट रेफ्रिजेरेटर भ्यानमार्फत् आज बेलुकासम्म पठाउने जनाइएको छ ।

प्रदेश–१ र २ का लागि दुई लाख ८० हजार डोज र वाग्मती प्रदेशका लागि दुई लाख डोज खोप पठाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य प्रशासक उपेन्द्र ढुंगानाले जानकारी दिए । दोस्रो चरणको खोप अभियानका लागि पहिलेकै कोल्डचेनहरुमा खोप भन्डारण गर्ने मन्त्रालयको योजना छ । प्रदेश–२ मा कोल्डचेन नभए पनि बाराको पथलैयामा नवनिर्मित कोल्डचेनलाई तयारी अवस्थामा राखिएको ढुंगानाले बताए ।

दोस्रो चरणको खोप अभियानअन्तर्गत यही फागुन २३ गतेदेखि ६० वर्षभन्दा माथिका नागरिकलाई खोप लगाइँदै छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]