१९ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, फाल्गुण १३, २०७७

काठमाडौं – सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कसको हो भन्नेबारे निर्णय सुनाउने भएको छ ।

ऋषिराम कट्टेलले नेकपा नाममा दावी गर्दै सर्वोच्चमा दायर गरेको रिटमाथि न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले फागुन २० गते निर्णय सुनाउने निर्णय गरेको सर्वोच्च अदादलका सञ्चार विज्ञ किशोर पौडेलले ईमेजखबर डटकमलाई जानकारी दिनुभयो ।

कट्टेलले २०७५ मंसिर २१ गते नेपाल कम्युनिष्ट पार्टीमाथि दावी गर्दै निर्वाचन आयोगलाई विपक्षी बनाएर मुद्दा दर्ता गर्नुभएको थियो । निर्वाचन आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहालले एकता गरेको पार्टीलाई आफ्नो पार्टीको नाम दिएपछि कट्टेलले मुद्दा दर्ता गराउनुभएको थियो ।पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेकपामा आफूहरू आधिकारिक भएको दाबी गर्दै आएका छन् । ओलीले पनि नक्कलीहरूले मात्र आधिकारिकता दाबी गर्ने भन्दै आफ्नो समूह नै आधिकारिक भएको बताउँदै आउनुभएको छ ।

ओली र दाहाल–नेपालबीच पार्टीको आधिकारिकताको बहस चलिरहँदा सर्वोच्चले नेकपाको विषयमा फैसला गर्न लाग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]