काठमाडाैं – इन्डोनेसियामा पत्रकारहरुका लागि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिएको छ।
राजधानी जाकार्तामा राष्ट्रपति जोको विडोडोको उपस्थितिमा बिहीबार पत्रकारका लागि खोप अभियानको सुरुवात गरिएको हो। राष्ट्रपति विडोडोले झण्डै पाँच हजार ५०० पत्रकारहरुले कोरोनाविरुद्धको खोप लगाइसकेको जानकारी दिएका छन्।