१० मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, फाल्गुण १३, २०७७

न्युज एजेन्सी – मुकेश अम्बानीको ‘एन्टिलिया’को घरबाहिर शंकास्पद कार, जिलेटिनको २० ओटा छडी बरामद
भारतका सबैभन्दा ठूला र धनी उद्योगपति मुकेश अम्बानीको ‘एन्टिलिया’स्थित घरबाहिर शंकास्पद कार र २० ओटा जिलेटिनको छडी भेटिएको छ । आजतकका अनुसार मुम्बई पुलिसको टोली घटनास्थल पुगेको छ।

शंकास्पद कारको बारेमा सूचना प्राप्त भएलगत्तै मुम्बई अनुसन्धान कुकुरसहितको टोली, बम डिस्पोजल टोली र एटीएसको टोली पनि पुगेको छ । एटीएसले उक्त घटनामा आतंककारीको संलग्नता छ कि छैन भन्ने दृष्टिकोणले अनुसन्धान गरिरहेको छ।

शंकास्पद कार भेटिएपछि अम्बानीको घरबाहिर सुरक्षाकर्मीले स्थानीय प्रहरीलाई सूचित गरेको छ । सूचना पाएलगत्तै प्रहरीले गाडीको जाँच शुरु गरेको थियो । मुम्बई कुकुरसहितको टोली र बम डिस्पोजल टोली पुगेर जाँच शुरु गरिसकेको छ ।
जाँचको दौरान बम डिस्पोजल टोलीले गाडीभित्र जिलेटिनको कयौ छड भेटिएको बताएका थिए । त्यसपछि कुकुरसहितको अनुसन्धान टोली पनि घटनास्थल पुगेको छ । गाडीको नम्बर प्लेटका केही नम्बर अम्बानीको सुरक्षामा संलग्न सवारी साधनहरूको नम्बर प्लेटहरुसँग म्याच भएको बताइएको छ । यसैबीच, महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले मुम्बईको मुकेश अम्बानीको निवास नजिक एउटा जिलेटिन कारको विषयमा मुम्बई पुलिसको अपराध शाखाले अनुसन्धान गरिरहेको बताएको छ ।


मुम्बईको क्राइम वाचको टोलीले पुरै घटनाको जाँच गरिरहेको छ । पुलिसका एक वरिष्ठ पुलिस अधिकारीले घटनास्थलको निरीक्षण गरेको छन् र गाडिभित्र जिलेटिनको छडीहरु पाएको पुष्टी गरेका छन् । कारको बारेमा अनुसन्धान भइरहेको छ र मुम्बई अपराध शाखाका अधिकारीहरूबाट सीसीटीभी फुटेज हेरिएको छ । हाल, अनुसन्धान मुम्बई अपराध शाखाले गरिरहेको छ, जबकि एटीएसका अधिकारीहरूले यस घटनामा कुनै आतंकवादीको संलग्नता छ कि छैन भनेर अनुसन्धान गरिरहेको छ।

– आजतकबाट

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]