०६ आश्विन २०८१, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण १४, २०७७

ओपोले नेपालमा ए सिरिज अन्तर्गत ‘ओपो ए–१५एस’ सार्वजनिक गरेको छ। धेरै सञ्चय क्षमता र ठूलो स्क्रिनका साथमा डिजाइन गरिएको यो फोनले प्रयोगकर्तालाई कुनै अवरोध बिना मनोरञ्जन दिने कम्पनीले बताएको छ।

फोनमा ४ हजार २ सय ३० एमएएच क्षमताको शक्तिशाली ब्याट्री छ। फोन बोक्दा प्रयोगकर्तालाई सहज होस् भनेरे पातलो र स्लिक स्टाईलिश डिजाइन गरिएको छ। फोनमा ६.५२ इञ्चको स्क्रिन छ। फोटो खिच्न तीन क्यामरा छन्।

बृहत्त सञ्चय क्षमता, स्मूथ प्रदर्शनी :
यसमा तिब्र ‘रिड एण्ड राइट’ गतिका लागि ४ जिबी र्‍याम र स्मूथकार्य प्रदर्शनी क्षमताका लागि ६४ जिबीको सञ्चय क्षमता छ।

यसलाई प्रयोगकर्ताले आफ्नो आवश्यकताअनुसार २५६ जिबीसम्म बढाउन सक्छन्। अक्टा–कोर चिपसेट, मिडियाटेक हेलियो पी३५ जडान गरिएको छ। ४ हजार ३ सय २० एमएएचको ब्याट्री भएकाले एकपटक चार्ज गरी पूरै दिन फोनको सहज प्रयोग गर्न सकिन्छ।ब्याट्री सकिनै लागेको अवस्थामा समेत ट्याक्सी बुक गर्न वा आफ्ना प्रियजनसँग कुराकानी गर्न पर्याप्त हुने उर्जा प्रदान गर्न सुपर पावर सेभिङ मोड छ।साथै, फोनमा अनलकिङका लागि प्रयोगकर्ताले रियर फिंगरप्रिन्ट सेन्सर वा एआई फेस अनलक सुविधाको समेत प्रयोग गर्न सक्छन्।

स्लिक डिजाइन सहितको ठूलो स्क्रिन :
गेम तथा भिडियोको पूर्ण मज्जालिन सकियोस् भन्ने सोचका साथ ओपोले यसमा ६.५२ इञ्चको वाटरड्रप स्क्रिन प्रयोग गरेको छ। फोनमा आई कम्फर्ट फिल्टर्स, सनलाइट स्क्रिन र एआई ब्राइटनेस लगायत सुविधा छन्।

एआई ट्रिपल क्यामरा र एआई ब्यूटिफिकेशन :
ओपो ए१५एसमा रहेका एआई ट्रिपल क्यामराले मानिसका साथै तपाई वरपरको विश्वको सटिक तस्विर खिच्न सघाउँछ। १३ मेगापिक्सलको मुख्य, ४ मेगापिक्सलको क्लोज सट लेन्स र २ मेगापिक्सलका म्याक्रो लेन्स छ।

फोनमा रहेको एचडीआर फिचरले प्रयोगकर्तालाई कम प्रकाश वा ब्याकलाइट भएका स्थानमा समेत उत्कृष्ट तस्विर खिच्न सघाउँछ। त्यसैगरी, पोट्रेट बोके फिचरले पोट्रेट तस्विर खिच्दा प्राकृतिक बोके ब्याकग्राउण्डका साथै ६ पृथक पोट्रेट फिल्टर्स पनि उपलब्ध गराउँछ। फोनमा भएको ५ एमपी फ्रण्ट क्यामराले सेल्फी खिच्न सघाउँछ। एआई ब्यूटिफिकेशनले स्किन टोन तथा फेशियल फिचर्सलाई लैंगिक, उमेर र भौगोलिक आधारमा उत्कृष्ट फोटो दिन्छ।

बजार उपलब्धता :

ओपोका प्रमुख बिक्री केन्द्र मार्फत् देशभर उपलब्ध छ। उपभोक्ताले डायनामिक ब्ल्याक र मिस्ट्री ब्ल्यू गरी दुई आकर्षक रंग किन्न पाउँछन्। फोनको बजार मूल्य २१ हजार ९ सय ९० छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]