३० कार्तिक २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण १४, २०७७

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगन्जले चालू आर्थिक वर्षमा प्राप्त गरेको सोना मन्सुली धान खरिद कोटाको लक्ष्य पुग्न नसकेपछि थप ५ हजार क्विटल खरिद गर्ने भएको छ ।

शाखाले चालू आर्थिक वर्षका लागि ३० हजार क्विटल सोना मन्सुली धान खरीदको कोटा पाएकोमा हालसम्म ९ करोड २१ लाख १ हजार ६५ मूल्य बराबरको ३१ हजार २९६ क्विटल धान मात्र खरिद गर्न सकेकाले थप ५ हजार क्विटल धान खरिद गरी लक्ष्य भेट्ने सोे कार्यालयका शाखा प्रमुख विकास कटुवालले जानकारी दिनुभयो । कम्पनीले जिरा मसिनो धान ५ हजार क्विटल खरिद गर्ने लक्ष्य पाएकोमा हालसम्म ३ लाख ३८ हजार ४३० मूल्य बराबरको ११७ क्विटल मात्र धान खरिद गर्न सकेको छ ।नेपालभन्दा भारतमा जिरा मसिनो धान बढी उत्पादन भए पनि आयात हुन नसकेको तथा पर्साका किसानले थोरै मात्रामा जिरा मसिनो धानको खेती गर्ने भएकाले खरीद लक्ष्य भेट्न नसकिएको हो ।

जिरा मसिनो धानको सट्टा सोना मन्सुली धान खरिद गर्ने भनेर खरिद विभागबाट निर्देशन आएकाले थप ५ हजार क्विटल सोना मन्सुली धान खरिद गर्न लागिएको सो कार्यालयका सूचना अधिकारी मुनीलाल कुशवाहले बताउनुभयो ।संघीय सरकारले यस वर्ष किसानबाट प्रति क्विटल ७ दशमलव ३५ प्रतिशत बढी मूल्यमा सोना मन्सुली धान तथा ६ दशमलव ५ प्रतिशत बढी मूल्यमा जिरामसिनो धान खरीद गर्न थालेका छन् । सोना मन्सुली धान प्रति क्विटल रू। २ हजार ८८५ तथा जिरा मसिनो धान प्रतिक्विटल २ हजार ९०० रुपियाँमा खरिद गर्न थालेको छ ।अघिल्लो वर्ष सो कार्यालयले २५ हजार क्विटल सोना मन्सुली धान तथा ३२ क्विटल २५ किलो जिरा मसिनो धान खरिद गरेको थियो । पर्सामा ८५ प्रतिशत किसान धान खेती गर्दै आइरहेका छन् । यस वर्ष पर्साका किसानले ४७ हजार ५० हेक्टर क्षेत्रफलमा धान खेती गरी २ लाख २८ हजार ५६० मेट्रिकटन धान उत्पादन गरेका छन् ।

अघिल्लो वर्षभन्दा यसवर्ष पर्साका किसानले ७ करोड ४४ लाख १७ हजार ६०० मूल्य बराबरको २ हजार ७५० मेट्रिकटन बढी धान फलाएको कृषि ज्ञान केन्द्र पर्साका बाली विकास अधिकृत सुरेशप्रसाद चौरसियाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]