०६ आश्विन २०८१, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण १४, २०७७
Sorry No Photo is selected hare

काठमाडौं – नेपालले विश्व बैंकसँग कार्बनडाइअक्साइड बिक्री गर्न सम्झौता गरेको छ।

विहीबार अर्थसचिव शिशिरकुमार ढुंगानाको उपस्थितिमा वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओली र विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलंकाका देशीय निर्देशक फारिस हदाद जेर्भोसले सम्झौतामा हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार नेपालले कार्बन उत्सर्जन न्यूनिकरण गरेबापत सन् २०२५ सम्म ५ अर्ब रूपैयाँ विश्व बैंकबाट प्राप्त गर्नेछ। वन संरक्षणमार्फत् उत्सर्जन घटाएबापत नेपालले यो रकम प्राप्त गर्न लागेको हो। यसअनुसार नेपालले ९० लाख टन कार्बन बिक्री गर्नेछ। ‘कार्बन उत्सर्जन न्यूनिकरण गरेबापत नेपालले पहिलोपटक यस्तो भुक्तानी पाउन लागेको हो,’ अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाले भने।

विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जेर्भोसले नेपालले सामुदायिक वनमार्फत् तीन दशकभन्दा लामो समययता कार्बन उत्सर्जन न्यूनिकरणका लागि महत्वपूर्ण काम गरिरहेको बताएका छन्। नेपालको वातावरण संरक्षणका लागि यो सम्झौता एउटा महत्वपूर्ण र रणनीतिक काम भएको पनि उनले बताएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]