काठमाडौं – स्वरोजगार लघुवित्त वित्तीय संस्थाको १२.३९% बोनस सेयर समायोजन भएको छ ।
बोनसपछि यस लघुवित्तको समायोजित भाउ प्रतिकित्ता १३ सय १५ रुपैयाँ कायम भएको छ । आइतबार सोही मूल्यमा स्वरोजगारको सेयर कारोबार खुल्दैछ । कम्पनीले फागुन २९ गते वार्षिक साधारण सभा गर्न शनिबार (फागुन १५ गते) देखि २८ गतेसम्म बुक क्लोज गरेको हो ।सभामा १२.३९% बोनस सेयर र कर प्रयोजनका लागि ०.६५% नगद लाभांश वितरण गर्ने मुख्य एजेन्डा पेश हुँदैछ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ । साथै, अन्य कुनै वित्तीय संस्थालाई मर्ज वा एक्वायर गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ ।
लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।