१४ पौष २०८१, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण १६, २०७७

वीरगञ्ज – बाराको सिम्रौनगढ नगरपालिका–४ हरिहरपुरमा विष्णु भगवानको ठूलो मूर्ति फेला परेको छ । ६ फिट लामो र ४ फिट चौडाई भएको मूर्ति फेला परेको हो ।

स्थानीय कुसुन्दरप्रसाद महतोले माछा पालनका लागि खेतमा पोखरी खन्ने क्रममा मूर्ति फेला परेको थियो । डोजर लगाएर ७ फिट गहिरो खाडल खन्दा विष्णु भगवानको मूर्ति फेला परेको वडा अध्यक्ष राजेश यादवले जानकारी दिए । उनले ऐतिहासिक सिम्रौनगढलाई पर्यटकीय क्षेत्रको रुपमा विकासका लागि थप बजेट विनियोजन गर्नुपर्ने आवश्यकता देखिएको बताए ।‘ऐतिहासिक विष्णु भगवानको मूर्ति भेटिएपछि सिम्रौनगढको पर्यटकीय र पुरातात्विक महत्व अझ बढी रहेको पुष्टि भएको छ । तर यसको संरक्षणका लागि प्रदेश र केन्द्र सरकारले जति ध्यान दिनुपर्ने हो, त्यति दिन सकेको छैन,’ उनले भने, ‘यसतर्फ सरोकारवाला निकायको ध्यान पुग्नुपर्छ ।’ मूर्ति १३ औं शताब्दीतिरकै हुन सक्ने अनुमान वडा अध्यक्ष यादवले गरेका छन् ।

मूर्ति सिम्रौनगढ क्षेत्रमा फेला परेको आजसम्मकै सबैभन्दा ठूलो मूर्ति रहेको सिम्रौनगढ क्षेत्रका बासिन्दाले दावी गरेका छन् । डोजरले खन्ने क्रममा मूर्ति कतै कतै टुटफुट पनि भएको छ ।शनिबार दिउँसो करिब तीन बजे फेला परेको मूर्ति हेर्न आसपास गाउँका बासिन्दाको घुइँचो g} लागेको छ । आइतबार बिहान प्रदेश नं २ का सभामुख सरोजकुमार यादवले मूर्तिको दर्शन गर्नुको साथै उचित व्यवस्थानपन कसरी गर्ने ? भन्ने विषयमा स्थानीयसँग छलफल समेत गरेका छन् ।

मूर्तिको सुरक्षाका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा राखिएको छ । तर मूर्तिलाई कमलेश्वरनाथ महादेव मन्दिरको प्राङ्गणमा राख्नेबारे छलफल भइरहेको वडा अध्यक्ष यादवले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]