०६ आश्विन २०८१, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण १६, २०७७

काठमाण्डाै – एनसेल आजियाटा लिमिटेडले वैदेशिक रोजगारीमा जाने योजनामा रहेका नेपाली र उनीहरुका परिवारका सदस्यहरुलाई ध्यानमा राखेर विशेष योजना ‘सहयात्री सिम’ ल्याएको छ ।

स्टार्टर प्याकमा बन्डल सेवा, आकर्षक बोनस सुविधा र निःशुल्क रोमिङ सेवा यस सिममा समेटिएका एनसेलले जनाएकाे छ । यो सिम योजना शुक्रवार (फागुन १४) बाट सञ्चालनमा आएको छ । एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’अन्तर्गत यो योजना ल्याएको हो । सहयात्री सिमको उदेश्य वैदेशिक रोजगारीमा जाने सोच बनाएकाहरुलाई उनीहरुको रोजगारी यात्रामा सम्पूर्ण रुपमा सहयोग पुर्याउनु रहेको छ । यस सिममा समेटिएका सबै अफर तथा सुविधाहरु विदेश जाने सोच बनाएका व्यक्तिहरुको यात्रालाई सहज बनाउने र विदेशमा रहेका परिवारका सदस्यसँग सहजै सम्पर्कमा रहिरहन मद्दत गर्ने किसिमका रहेका एनसेलले जनाएकाे छ ।

यो सिम ग्राहकले करसहित मात्र ९९ मा रुपैयाँमा लिन सक्छन् र सिमसँगै २० रुपैयाँ मेन ब्यालेन्स, सात दिनको लागि मान्य हुने २०० एमबी डेटा, २० मिनेट अन नेट टक लाइम र २० वटा अन नेट एसएमएस पाइन्छ ।पहिलो रिचार्जमा बोनस, एक वर्षसम्म प्रत्येक रिचार्जमा १० प्रतिशत बोनस, नेपाल कल गर्न वा आफू रहेको देशभित्रै कल गर्न १५ मिनेट रोमिङ सेवा जस्ता विशेष सुविधाहरु रहेका छन् । यसरी प्राप्त हुने १५ मिनेटको रोमिङ सेवाग्राहकले भारत, कतार, यूएई, मलेशिया, कुवेत, ओमान र दक्षिण कोरियामा प्रयोग गर्न सक्छन् । यस योजनाअन्तर्गत ग्राहकले निःशुल्क रुपमा ‘कल आयो पैसा पायो’ अफरमा सहभागी हुन सक्ने एनसेलले जनाएकाे छ । यसमा मेन ब्यालेन्स कम रहेको अवस्थामा पनि मिस्ड कल दिन सकिने सुविधा रहेको छ ।

साथै कुनै पनि भारतीय नम्बरमा लोकल कलको दर करबाहेक १.९९ रुपैयाँ प्रति मिनेटमा कल गर्न सकिने सुविधा रहेको छ । यी विशेषता कारणले गर्दा विदेशमा रहेका आफन्त र परिवारका सदस्यहरुसँग सम्पर्कमा रहिरहनका लागि यो सिम एक उत्तम सेवा भएकाे एनसेलकाे दाबी छ।यो सिमका ग्राहकले एनसेल जबसप सेवामा एक महिनासम्म निःशुल्क पहुँच पाउँछन् । एक महिना पश्चात ग्राहकले मासिक जबसप प्लान ५० प्रतिशत छुटमा चलाउन सक्छन् । यो सिम सुचारु गरको दोस्रो दिनको मध्यरातसम्ममा गरेको १०० रुपैयाँभन्दा माथिको पहिलो रिचार्जमा ग्राहकले बोनस टक टाइम र डेटा प्राप्त गर्ने एनसेलले जनाएकाे छ । ग्राहकले प्रत्येक रिचार्जमा १२ महिनासम्म प्राप्त गर्ने १० प्रतिशत बोनसबाट पेएजयूगो अन्तर्गत सेवा प्रयोग गर्न सक्छन् । बोनस प्रयोग गर्ने समयावधि ७ दिन रहेको छ । यो सिमबाट ग्राहकले आफ्नो मेन ब्यालेन्स कम भएको अवस्थामा पनि मलेशिया, कतार, यूएई, साउदी अरब, भारत, जापान, दक्षिण कोरिया वा बहराइनमा रहेका आफ्ना परिवारका सदस्यको नम्बरमा मिस्ड कल दिन सक्ने एनसेलले जनाएकाे छ । साथै यो सिम सुचारु गर्ने ग्राहकले ‘कल आयो पैसा पायो’ योजनामा निःशुल्क सहभागी हुँदै हरेक अन्तर्राष्ट्रिय आगमन कलमा बोनस प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ।

यो योजना एनसेलले आफ्नो अभियान ‘फास्ट फरवार्ड लाइफ’अन्तर्गत ल्याएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]