०७ पौष २०८१, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण १७, २०७७

प्रचण्ड-माधव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दल बैठक अहिले सिंहदरबारमा बसिरहेको छ। दलको कार्यालयमा बिहानैदेखि बैठक बसेको हो ।

बैठकमा २३ गतेको संसद बैठक, प्रधानमन्त्री ओली पक्षको रणनीति,निर्वाचन आयोगमा अड्किएको पार्टीको आधिकारिकता विवादलगायतका विषयमा छलफल भैरहेको बताइएको छ। पार्टीको आधिकारिकता विवादमा निर्वाचन आयोगले गरेको आलटाल र त्यसले संसद बैठकमा पार्नसक्ने प्रभावका विषयमा सांसदहरुलाई प्रष्ट बनाउनका लागि बैठक बसेको एक सांसदले जानकारी दिए ।निर्वाचन आयोगले नेकपाको आधिकारिकतासम्बन्धी विवादको टुंगो नलगाउँदा संवैधानिक जटिलता आउने भन्दै राजनीतिक विश्लेषकहरुले चिन्ता व्यक्त गरेका छन् । विवाद समाधान नहुँदा संसदीय कामकारवाही र दलीय व्यवस्थामाथि नै प्रश्न उठ्नसक्ने भन्दै चिन्ता बढ्न थालेको हो।

यता, निर्वाचन आयोग स्रोतले भने २३ गते अगाडि नै विवाद टुंगो नलाग्ने बताएको छ। प्रमुख आयुक्त दिनेशकुमार थपलियाका अनुसार संसद बैठक (२३गते) अगाडि कुनै पनि हालतमा निर्णय हुन सक्दैन । ओली पक्षलाई १५ दिनको म्याद दिनपर्ने र उसले १० दिन थप्न पाउने हिसाबले २५ दिन त यसै गयो । जुन प्रक्रिया यही हप्तादेखि शुरु गर्ने सामान्य सोचसम्मचाहिँ आयोगले बनाइसकेको देखिन्छ ।‘२३ गते अगाडि निर्णय गर्ने अहिलेसम्मको अवस्थाले देखाउँदैन’, आयोग स्रोत भन्छ, कानूनअनुसार नभई आफू सरकार पक्षलाई चिढ्याउन नसकिने बाध्यताका कारण उहाँ (थपलिया) तन्काउने मनस्थितिमा पुग्नुभएको जस्तो देखिन्छ।’निर्णय सर्वसम्मत नहुने देखिएपछि थपलिया पछि हटेको पनि बताइन्छ ।

बालुवाटारको आदेश हेरेर होइन विद्यमान कानुन हेरेर निर्णय गर्नुपर्ने मत बलियो बनेको र त्यस विपरित हुने निर्णयमा नोट अफ डिसेन्ट नै आउने बुझेपछि थपलिया तत्काल निर्णय नदिने मनस्थितिमा पुगेको स्रोत बताउँछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]