१९ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण १७, २०७७

बीबीसी – अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ पार्टी नखोल्ने स्पष्ट पारेका छन् । फ्लोरिडास्थित कन्जरभेटिभ पार्टीको सम्मेलनमा बोल्दै उनले रिपब्लिकनहरुमा मत विभाजन हुने हुनाले नयाँ पार्टी नखोल्ने बताए ।

जो बाइडेन राष्ट्रपति भएपछिको पहिलो सार्वजनिक भाषणमा उनले सन् २०२४ को राष्ट्रपति निर्वाचनमा फेरि लड्ने संकेत पनि दिए । उनले बाइडेन नेतृत्वको सरकारको आलोचना गर्दै आफ्नो उत्तराधिकारीले अमेरिकी नीतिलाई ‘अमेरिका फर्स्ट’बाट ‘अमेरिका लास्ट’ बनाइदिएको गुनासो गरे ।महाअभियोगको मुद्दा सकिएको दुई हप्तापछि ट्रम्प सार्वजानिक रूपमा देखा परेका हुन् । सो ‘ट्रायल’मा उनलाई दोषी ठहर गर्न केही रिपब्लिकनहरुले पनि मतदान गरेका थिए । त्यसपछि ट्रम्पले आफ्नो छुट्टै पार्टी खोल्न सक्नेबारे चर्चा चलेको थियो ।

आइतबारको सो सम्मलेनले रिपब्लिकन पार्टीमा उनको लोकप्रियता फेरि पनि प्रमाणित गरिदिएको छ । बिहीबारदेखि नै यो सभाका लागि उत्साह सुरु भइसकेको थियो । सभालाई ट्रम्प समर्थक टेड क्रुज र छोरा डोनाल्ड ट्रम्प जुनियरले पनि भाषण गरे । ट्रम्पलाई फेसबुक र ट्विटरलगायत सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइएको छ । ह्वाइटहाउस छाडेदेखि उनी फ्लोरिडामा रहेको आफ्नो मारालागो रिसोर्टमा बस्दै आएका छन् ।७४ वर्षीय पूर्वराष्ट्रपति ट्रम्प हायात रिजेन्सी होटेलको स्टेजमा एक घण्टा ढिलो पुगेका थिए । तर, पुग्नासाथै आफ्ना समर्थकहरुबाट भव्य स्वागत पाए । सो भिडमा अधिकतम मानिसले मास्क लगाएका थिएनन् । जहाँ ट्रम्पले भने, “म आज चार वर्षअगाडि हामीले सँगै सुरु गरेको रोचक यात्राबारे घोषणा गर्न सबैमाझ आएको छु । सो यात्रा अझै अन्त्य भएको छैन । हामी यति बेला भविष्यका बारेमा छलफल गर्न गइरहेका छौँ । हाम्रो पार्टीको भविष्य, हाम्रो अभियानको भविष्य, हाम्रो प्रिय देशको भविष्य । यसमा हामी फेरि विजयी हुनेछौँ र अमेरिका आजसम्मकै शक्तिशाली र विशाल राष्ट्र बन्नेछ ।”

नयाँ राजनीतिक पार्टी सुरु गर्नेबारेमा प्रश्न गर्दा उनले ‘फेक न्युज’को अफवाह भएको बताए । अझ ठट्टा गर्दै उनले भने, “कति राम्रो हुन्थ्यो होला नयाँ पार्टी सुरु गर्न, जसले हाम्रो मत विभाजित गर्नेछ अनि हामी कहिल्यै नजित्ने होला होइन ?”उनले थप भने, “हामीसँग रिपब्लिकन पार्टी छ । र, यही पार्टी एकीकृत भई पहिलाकोभन्दा अधिक शक्तिशाली रूपमा उपस्थित हुनेछ ।”नोभेम्बरको चुनावमा हार व्यहोरी विभिन्न विवादमा मुसिएको भए पनि ट्रम्प अझै आफ्ना मतदाताहरुमाझ अत्यन्तै लोकप्रिय छन् । गत साताको एक अमेरिकी सर्वेक्षणमा उनका ४६ प्रतिशत मतदाताहरुले उनले रिपब्लिकन पार्टी छाडी आफ्नै पार्टी सुरु गरे पनि उनैलाई समर्थन गर्ने र भोट दिने देखिएको थियो ।त्यस्तै, आइतबारको सम्मेलनमा उनले फेरि पनि गएको चुनावमा धाँधली भएको आधारहीन दाबी दोहोर्‍याए । उनले आगामी २०२४ को निर्वाचनमा डेमोक्रेट्सहरुलाई तेस्रोपटक हराउन सक्ने दाबी गरे ।

यस्तै, बाइडेन प्रशासनले आप्रवासन र सीमा सुरक्षामा उनको सरकारले अपनाएको कडा नीति उल्ट्याएकामा आलोचना गरे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]