२८ पौष २०८१, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण १८, २०७७

भिडियो कन्फ्रेन्सिङ् सर्भिस जूमले यो वर्ष सन् २०२१ मा ३ अर्ब ७० करोड डलर आम्दानी गर्ने प्रक्षेपण गरेको छ ।

कम्पनीका प्रमुख इरिक युआनले यो वर्ष कम्पनीको व्यापारमा गत वर्षभन्दा ४० प्रतिशतले वृद्धि हुने बताएका हुन् ।उत्साहप्रद प्रक्षेपण सार्वजनिक भएसँगै जूम कम्पनीको शेयर मूल्य सोमबार न्युयोर्कमा ६ प्रतिशतले वृद्धि भयो ।कम्पनीका अनुसार गत वर्षजत्तिको वृद्धिदर हासिल नभएतापनि यो वर्षसमेत जूमको वृद्धिदर बलियो नै रहनेछ ।स्मरण रहोस् सन् २०२० को तेश्रो त्रैमासिकमा जूमको व्यापार सन् २०१९ को सोही त्रैमिासकको तुलनामा ३७० प्रतिशतले वृद्धि भएको छ । अर्थात् उक्त त्रैमासिकमा जूमले ८८ करोड २५ लाख डलर आम्दानी गर्‍यो ।

कम्पनीका प्रमुख इरिक युआन भन्छन्, ‘जूमका लागि गएको वर्ष असाधारण रह्यो र चौथो त्रैमासिकको सशक्त वृद्धिदरसँगै वर्षको अन्त्य भयो । विश्व महामारीबाट निस्किँदै गर्दा हाम्रो काम बल्ल सुरु भएको छ ।कोरोना भाइरस महामारीका कारण विश्वका सबैजसो कामकाजी मानिसहरुले घरबाटै कार्यालयका काम सञ्चालन गर्नुपर्दा भिडियो कन्फ्रेन्सिङ् सर्भिस जूम आम मानिसको दैनिकी नै बनेको छ । सन् २०२० मा कम्पनीको आम्दानीमा समग्रमा ३२६ प्रतिशतले वृद्धि भएर २ अर्ब ६० करोड पुग्यो । त्यसमा जूमले ६७ करोड १५ लाख मुनाफा कमाएको छ।खोपको विकास र महामारी मथ्थर भएसँगै धेरै कम्पनीहरुले घरबाटै काम गर्ने प्रचलन हटाएर कार्यालयबाटै कार्यसञ्चालन सुरु गरिरहेको अवस्थामा जूमका प्रयोगकर्ता आगामी दिनमा घट्ने अनुमान गरिएको छ ।

साथै माइक्रोसफ्ट र गुगल जस्ता कम्पनीहरुका भिडियो कन्फ्रेन्सिङ सर्भिसहरुसँग पनि जूमले प्रतिस्पर्धा गरिरहनु परेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]