बलिउड अभिनेता सुनिल सेट्टीका छोरा अहानले अभिनय गरेको चलचित्र ‘तडप’को फस्टलुक सार्वजनिक भएको छ ।
अहानले अभिनय गरेको यो चलचित्रको फस्र्टलुक अभिनेताहरु अक्षय कुमार र अजय देवगणले समाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका हुन् ।साउथ चलचित्र ‘आरएक्स १००’को रिमेक यो चलचित्रमा अहानको जोडीका रुपमा अभिनेत्री तारा सुतरियाले अभिनय गरेकी छिन् । नाडियाडवाला ग्रान्डसन प्रोडक्शनको ब्यानरमा निर्माण भएको यो चलचित्र सेप्टेम्बर २४ मा रिलिज हुँदै छ ।चलचित्रको पहिलो पोस्टरमा अहान र तारा एक अर्काको अंगालोमा बाँधिएका छन् ।
आफ्ना छोराले पहिलो पटक अभिनय गरेको चलचित्रको पहिलो पोस्टर सार्वजनिक हुँदै गर्दा आफू निक्कै भावुक भएको सुनिलले बताएका छन् ।