सप्तरी – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले पनि कोरोनाविरुद्धको खोप लगाएका छन्।
नयाँ बानेश्वरस्थित निजामती अस्पतालमा पुगेर अध्यक्ष नेपालले खोप लगाएका हुन्। प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई आजदेखि कोरोना खोप लगाउन सुरु गरिएको हो। संसद सचिवालयबाट खोप लगाउन सांसदसहित १५ सय जनाको विवरण स्वास्थ्य मन्त्रालयमा पठाएको थियो।
मन्त्रालयले सांसद तथा कर्मचारीहरुलाई आज, भोलि र पर्सि खोप लगाउने कार्यक्रम छ।