स्थानीय बजारमा बुधवार पहेंलो धातुको मूल्य पुनः उकालो लागेको छ ।
तोलामा नै मंगलवार १ हजार ७०० रुपैयाँले घटेको सुनको मूल्य बुधवार भने ५०० रुपैयाँ बढेको हो ।नेपाल सुचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार तोलामा ८७ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधवारका लागि भने ८७ हजार ५०० रुपैयाँ मूल्य निर्धारण भएको छ । तेजाबी सुन मंगलवार तोलामा ८६ हजार ५५० रुपैयाँमा कारोबार भएकामा बुधवार भने तोलामा ८७ हजार ५० रुपैयाँ मूल्य निर्धारण भएको छ । चाँदी तोलामा नै २५ रुपैयाँले वृद्धि भएको छ ।
चाँदी प्रतितोला १ हजार २९० रुपैयाँमा मंगलबार कारोबार भएकामा बुधवारका लागि भने १ हजार ३१५ रुपैयाँ मूल्य निर्धारण भएको छ । …….