०६ आश्विन २०८१, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण १९, २०७७

सिमकोट – प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना स्याउ जोन कार्यक्रमका लागि छनौट भएको क्षेत्रमा १५ हजार स्याउका बिरुवा लगाइने भएको छ।

प्राविधिकहरुको फिल्ड प्रतिवेदन अनुसार स्याउ खेतीका लागि उपयुक्त ठानिएको सिमकोट गाउँपालिका वडा नम्बर ३ र ४ वडा नम्बरको क्षेत्रलाई स्याउ जोनका लागि छनौट गरिएको हो।स्याउ जोनका लागि क्षेत्र छनौटका साथै स्याउ लगाउने जग्गाको घेरवार कार्य पनि सुरु भएको स्याउ जोन कार्यक्रम कार्यान्वयन इकाईका प्रमुख राम सुरत पालले जानकारी दिए।

दुईवटा वडाका नौ वटा बस्तीहरुमा वडा नम्बर ३ को बरगाउँ, तोर्पा, हुटिक, लिमाटाङ, टल्की र लाङ्दु रहेका छन् भने वडा नम्बर ४ को बुराउसे, हिल्दुम र स्याम्ने रहेका छन्।यस वर्ष ५० हेक्टर जमिनमा रोयल डेलिसियस र गोल्डेन प्रजातिका स्याउ लगाउने कार्यक्रम सुरु भएको छ । १५ हजार स्याउका विरुवा उक्त जग्गामा लगाइने छ।गतवर्ष स्थानीय सेवाग्राहीसँगको विवादका कारण परियोजना लागु हुन सकेको थिएन। यो कार्यक्रम पनि कृषि समूह र सहकारीमार्फत संचालन हुने भएको छ।

कुल एक करोड २२ लाख लागतमा यो परियोजना छनौट भएका वडामा कार्यक्रम हुनेछ। साना सिँचाइको पनि व्यवस्था भएको कारण स्याउ खेती लगाउन सहज हुने विश्वास परियोजनाले लिएको छ। त्यसै गरि स्याउ स्टोर गर्नका लागि सेलार स्टोर पनि निर्माण हुनेछ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]