मोरङ – माटोको ढिस्कोले पुरिएर सुनवर्सी नगरपालिका-४ गान्धी आश्रमकी २० वर्षीया बन्सुगिया यादवको घटनास्थलमै मृत्यु भएको छ ।
काला बन्जारस्थित डाँस खोलाको बगरमा माटो खन्ने क्रममा उनको मंगलबार मृत्यु भएको हो । उनी मामाको घरमा बस्दै आएकी थिइन् ।
साथै माटोको ढिस्कोले पुरिएर घाइते भएका सोही ठाउँ बस्ने ९ वर्षीया मनिका यादव र ५५ वर्षीया झोलीया यादवलाई उपचारको लागि रङ्गेली अस्पताल लगिएको छ ।