काठमाडौं – पशुपतिनाथ मन्दिरमा महाशिवरात्रिकोे चहलपहल बढेको छ । भारतबाट साधुसन्त र दर्शनार्थी भित्रिँदै छन् ।
शिवरात्रिका लागि भारतबाट ३०० साधुसन्त आइसकेको र दुई हजारभन्दा बढी साधुसन्त आउने तयारीमा रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले शिवरात्रिका लागि कोषले तयारी थालेको बताए । उनले आजसम्म ३०० साधुसन्त दर्शनको लागि पशुपतिमा आइसकेको र बाँकी दुई हजार आउन लागेको जानकारी दिए । ‘‘विगतका वर्षहरुमा भन्दा यस वर्ष दर्शनार्थी घट्ने अनुमान गरेका छौँ । कोरोना महामारीका कारण यतिखेर पशुपतिमा अहिलेभन्दा दोब्बर साधुसन्त भित्रिसक्थे,” उनले भने, ‘‘तर, यसपालि कमै मात्रामा भित्रिएका छन् ।
नेपालका बाहिरी जिल्लाबाट आउने दर्शनार्थीहरु बढेका छन् भने भारत र तेस्रो मुलुकबाट पशुपतिमा भित्रिने कमै छन् ।”