काठमाडौँ – नेपाली कांग्रेसले आफ्ना सांसद्हरुलाई काठमाडौँ उपत्यका नछोड्न निर्देशन दिएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा फागुन २३ गते बस्ने प्रतिनिधि सभा बैठकका लागि उपस्थित हुनै पर्ने भन्दै कांग्रेसले उपत्यका नछाड्न निर्देशन दिएको हो ।शुक्रबार दलको बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरुलाई सर्कुलर गरिएको कांग्रेसकी सचेतक पुष्पा भुसालले जानकारी दिइन । संसद् पुनःस्थापनपछि पहिलो पटक बस्न लागेको शुक्रबारको प्रतिनिधि सभा बैठकमा कांग्रेसको भूमिका कस्तो हुने र कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गरिने भुसाल बताइन ।
केही दिन अघि नेकपाको दाहाल–नेपाल समूहले पनि आफू निकटका सांसदहरुलाई काठमाडौँ उपत्यका नछोड्न निर्देशन दिइसकेको छ ।प्रतिनिधि सभामा नेपाली कांग्रेसका ६१ सांसद छन् ।