प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार कोभिड—१९ विरुद्धको खोप लगाएका छन्।
निजामती अस्पतालमा देउवाले कोभिसिल्ड खोप लगाएका हुन् । राष्ट्रिय सभा र प्रतिनिधिसभाका सांसदले आजदेखि निजामति अस्पतालमा खोप लगाउन सुरु गरेका छन्। खोप अभियान तीन दिनसम्म जारी रहनेछ । सभामुख अग्नि सापकोटासहित पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी लगायतले बुधबार कोभिडविरुद्धको खोप लगाए ।
संसद सचिवालयका अनुसार दुबै सदनका ३३४ सांसद, सचिवालय र संसद भवनमा खटिने कर्मचारी समेत गरी १५ सयलाई कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गरिएको छ।