०८ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, कार्तिक १३, २०७७

सप्तरी – विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ करोड ४४ लाख नाघेको छ। बिहीबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ४ करोड ४४ लाख ३ सय १८ जना संक्रमित भएको तथ्यांक रहेको छ।

अमेरिकामा संक्रमितको संख्या ८८ लाख ५५ हजार १ सय ८० पुगेको छ। त्यस्तै भारतमा ७९ लाख ९० हजार ३ सय २२, ब्राजिलमा ५४ लाख ६८ हजार २ सय ७० र रुसमा १५ लाख ५३ हजार २८ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।

त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ११ लाख ७३ हजार नाघेको छ ।

पछिल्लो तथ्यांक अनुसार ११ लाख ७३ हजार २ सय ७० जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।

अमेरिकामा २ लाख २७ हजार ६ सय ७३, ब्राजिलमा १ लाख ५८ हजार ४ सय ५६, मेक्सीकोमा ८९ हजार ८ सय १४, बेलायतमा ४५ हजार ७ सय ६५, इटालीमा ३७ हजार ९ सय ५ जनाको मृत्यु भएको छ

विश्वभर दुई करोड ९९ लाख ८५ हजार ९३ जना संक्रमणमुक्त भएका छन्।

बिहीबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ४९ लाख ४७ हजार ७ सय ७७, अमेरिकामा ३५ लाख १८ हजार १ सय ४०, रुसमा ११ लाख ६४ हजार ९ सय १५ जना संक्रमणमुक्त भएका छन्।

नेपालमा पनि एक लाख ६२ हजार ३ सय ५४जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये एक लाख २१ हजार ८ सय २४ जना संक्रमणमुक्त भएका छन् भने ८ सय ८७ जनाको मृत्यु भएको छ।

भारतमा संक्रमितको संख्या ७९ लाख ९० हजार ३ सय २२ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या एक लाख २० हजार १० पुगेको छ। भारतमा हालसम्म ७२ लाख ५९ हजार ५ सय ९ जना संक्रमित संक्रमणमुक्त भएका छन्।

पाकिस्तानमा हालसम्म ३ लाख ३० हजार २ सय जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ७ सय ५९ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म ३ लाख ११ हजार ८ सय १४ जना उपचारपछि निको भएका छन्।

बंगलादेशमा कोरोना संक्रमितको संख्या ४ लाख ३ हजार ७९ पुगेको छ। बंगलादेशमा हालसम्म ५ हजार ८ सय ६१ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा ३ लाख १९ हजार ७ सय ३३ छ।

अफ्गानिस्तानमा संक्रमितको संख्या ४१ हजार १ सय ४५ पुगेको छ। अफगानिस्तानमा १ हजार ५ सय २९ जनाको मृत्यु भइसकेको छ भने ३४ हजार २ सय ३७ जना उपचारपछि निको भएका छन्।

माल्दिभ्समा संक्रमितको संख्या ११ हजार ५ सय ९१ जना रहेको छ। मृत्यु हुनेको संख्या ३७ छ भने उपचारपछि निको हुनेको संख्या १० हजार ६ सय ८५ पुगेको छ ।

श्रीलंकामा संक्रमितको संख्या ९ हजार २ सय ५ जना रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १९ छ भने निको हुनेको संख्या ४ हजार ७५ रहेको छ।

भुटानमा संक्रमितको संख्या ३४५ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ३१४ छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]