०७ पौष २०८१, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, फाल्गुण २०, २०७७

सप्तरी – सप्तरीका प्रसिद्ध अाइएमि सन्चालक दाजुभाइ सेवाग्राहीको करोडौं रकम लिएर फरार भएका छन् ।

सप्तरीको राजविराज नगरपालिका वडा न.५ स्थित आफ्नै घरमा बसोवास गर्दैआएका संजय सिन्धी र सुनिल सिन्धी(जैन)ले राजविराजमा आईएमई सेवा प्रदान गर्दैआएका थिए । सोही आईएमई माफ्र्त वैदेशिक रोजगारमा रहेका र अन्य ब्यक्तिहरुले आ–आफ्ना घर परिवारकालागि पठाएका करोडौं रकम लिएर सिन्धी दाजुभाई पछिल्लो चार दिनदेखि फरार भएका हुन् ।सिन्धी परिवार सप्तरीमै एउटा प्रतिष्ठित ब्यापारीको रुपमा गनिंदैआएका थिए । सिन्धी दाजुभाईले राजविराजस्थित गजेन्द्र चौकमा कपडा पसलसँगै आईएमई सेवा प्रदान गर्दै आएका थिए ।

तर, तीन दिनअघि एकाएक राजविराजमा रहेको घर, जग्गाजमीनसमेत गोप्यढंगले बिक्री गरेर सिन्धी दाजुभाई परिवारसहित अन्यत्र फरार भएका हुन् ।
सिन्धी दाजुभाईले आईएमईमा आएका रकम सम्बन्धित ब्यक्तिलाई भुक्तानी गर्नुपर्नेमा कम्प्यूटर र इन्टरनेटमा समस्या आएको भन्दै कतिपय गाउँघरका सोझा सेवाग्राहीको रकम आईडी लिई औठाछापसमेत लगाएर भोली पर्सी आउनु भनि फर्काएका थिए । तर, पछिल्लो तीन दिनदेखि सिन्धी दाजुभाईले राजविराजमा सञ्चालन गर्दैआएको आईएमईको कार्यालयसमेत बन्द भएपछि मात्र उनीहरु फरार भएको तथ्य सार्वजनिक भएको हो ।‘मलेसियाबाट छोरा प्रमोदले आईएमई माफ्र्त पठाएको २ लाख १८ हजार रुपैयाँ आफुले पाउन सकेन’, बुधवार जिल्ला प्रहरी कार्यालयमा आफ्नो रकम लिएर आईएमई सञ्चालक फरार भएको भनि उजुरी दिन गएका सप्तरी विष्णुपुर गाउँपालिका वडा न.७ का बिन्देश्वर मण्डलले भने, ‘कम्प्यूटर र नेटमा समस्या रहेको भन्दै सुनिलले रकम भुक्तानी आईडीमा पहिले नै साईन गराएको थियो र दिनहु रकम लिन आउन भनेको थियो, तर बुधवार आउँदा त उनीहरु फरार भएको थाहा पाउँदा आफ्नो बिचल्ली भएको छ ।’ छोराले विदेशमा पसिना बगाएर कमाएको रकम लिएर यसरी फरार हुनेको खोजी गरी रकम फिर्ता र कारबाहीसमेत गर्न स्थानीय प्रशासनसमक्ष उनले माग गरेका छन ।

रकम नपाउनेमा मण्डल मात्र छैन, मण्डलसँगै डाँक्नेश्वरी नगरपालिका २ की लालो खातुनले पनि सोही आईएमईबाट ९ लाख रुपैयाँ पाउनुपर्ने हो । तर, उनले पनि उक्त रकम पाउन नसेकेको गुनासो गरिन् । लालोका छोराले कतारबाट बहिनीको बिहे गर्न ९ लाख रुपैयाँ आईएमई गरेका थिए ।
यसैगरी विष्णुपुर गाउँपालिकाकै रामप्रित यादव, महदेवा गाउँपालिकाका विनोद मण्डल, श्यामादेवी मण्डल, राजगढ गाउँपालिकाका दिनेश मण्डल, डाँक्नेश्वरी नगरपालिका ५ का महेश महतो, राजविराज नगरपालिका २ का श्रवण दाससहितकाको दुई करोड बढी रकम सिन्धी दाजुभाई लिएर फरार भएका छन् ।
यसबाहेक पनि आफ्नो रकम भुक्तानी नगरी सिन्धी दाजुभाई फरार भएको भनि गुनासो गर्नेहरुको संख्या बढ्दै गएको छ । यता आईएमई सञ्चालक सिन्धी दाजुभाईले रकम नदिई फरार भएको भन्दै जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिने पीडितहरुको संख्या पनि अत्यधिक देखिएको छ ।जिल्ला प्रहरी कार्यालय सप्तरीले घटनाबारे जानकारी भएको जनाएको छ । ‘आईएमई सञ्चालकले रकम लिएर फरार भएको भनि उजुरी आईरहेका छन्’, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एव डीएसपी भुवनेश्वर साहले , ‘हामीले उजुरी लिंदै आवश्यक अनुसन्धान पनि अगाडी बढाएका छौं ।’
आईएमई सञ्चालक सिन्धी दाजुभाईमध्ये दाजु संजय सिन्धी राजविराज जेसिजका पूर्व अध्यक्षसमेत हुन् । यता फरार भएका सिन्धी दाजुभाईमध्ये कसैको पनि मोबाईल सम्पर्क भईरहेको छैन भने उनीहरु समाजिक सञ्जालबाट पनि सम्पर्कबिहिन भएका छन् ।

यता प्रसिद्ध अाइएमि सन्चालक दाजुभाइ करोडौं रकम लिएर फरार भए पछि दर्जनौं सेवाग्राहीहरु मारमा पर्नुका साथे उनिहरुकाे खाेजि कार्य चारे तिर भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]