प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) बीच बालुवाटारमा एक्ला–एक्लै भेटवार्ता भएको छ ।
सरकारी वार्ता टोली र चन्द समूहबीच भएको सम्झौता अनुसार सार्वजनिक हुन नवलपरासीबाट काठमाडौँ आइपुगेको चन्दले प्रधानमन्त्री ओलीलाई भेटेका हुन् । राष्ट्रिय सभागृहमा नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर समारोह हुँदैछ ।
ओली र चन्दले केहीबेरमा सोही समारोहमा सम्बोधन गर्नेछन् । सरकार र चन्द समूहबीच तीनबुँदे सहमति भएको छ ।