बलिउडकी चर्चित अभिनेत्री जान्हवी कपूरले विवाह गर्ने तयारी गरेकी छन् । यद्यपी उनले विवाह कहिले गर्नेभन्ने बारे भने खुलाएकी छैन ।
हालै एक अन्तर्वार्ताका क्रममा उनले आफ्नो वेडिङ प्लान समेत शेयर गरेकी छन् । अन्तर्वाताका क्रममा उनले भनेकी छन्, म चाहन्छु कि विवाह असल र खास व्यक्तिसँग हुनुपर्छ ।’उनले बताएकी छन्,‘मेरो विवाह निकै नै पारम्परिक किसिमको हुन्छ । र तिरुपतिमा हुन्छ ।
म सुन, जरीवाला साडी लगाउँछु, मेरो पति लुंगी पहिरिन्छन् ।’