१० मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण २४, २०७७

स्विट्जरल्यान्डका मानिसहरूले बुर्का तथा निकाबजस्ता मुस्लिम महिलाहरूले लगाउने मुहार ढाक्ने पोसाकको पहिरनमा प्रतिबन्ध लगाउने प्रस्तावलाई झिनो बहुमतले समर्थन जनाएका छन्।

दक्षिणपन्थी स्विस पीपल्स पार्टीले अघि सारेको प्रस्तावमाथि जनमतसङ्ग्रह गरिएको थियो। सो दलले ‘अतिवाद रोकौँ’ नारा पनि अघि सारेको थियो।आधिकारिक परिणाममा उक्त प्रस्तावको समर्थनमा ५१.२% मानिसले भोट हालेका थिए भने विपक्षमा ४८.८% मानिसले भोट हालेका थिए।

आलोचकहरू के भन्छन्?
एक अग्रणी स्विस इस्लामिक समूहले यसलाई मुस्लिमहरूका निम्ति ‘एक अँध्यारो दिन’ भनेको छ।”आजको निर्णयले पुरानो घाउ बल्झाएको छ, कानुनी असमानतालाई फैलाएको छ र मुस्लिम अल्पसङ्ख्यकहरूको बहिष्करणको स्पष्ट सन्देश दिएको छ,” सेन्ट्रल काउन्सिल अफ मुस्लिमले एक वक्तव्यमा उल्लेख गरेको छ।उसले परिणामविरुद्ध अदालतमा चुनौती दिने बताएको छ।स्विस सरकारले प्रतिबन्धको प्रस्तावको विरोध गर्दै महिलाहरूले के लगाउने भन्नेबारे राज्यले निर्देशन दिन नसक्ने जनाएको थियो।

कतिपय आलोचकहरूले उक्त प्रस्तावलाई ‘बहुलठ्ठीपूर्ण, बेकामे अनि इस्लामप्रति त्रास फैलाउने खालको’ भनेका छन्।स्विट्जरल्यान्डका चार लाख मुस्लिम समुदायका मानिसमध्ये केही दर्जनले मात्र त्यस्तो पोसाक लगाउने गरेको उनीहरूले औँल्याएका छन्।अब उक्त प्रतिबन्ध स्विस संविधानमा उल्लिखित हुनेछ।स्विट्जरल्यान्डमा मानिसहरूलाई उनीहरूको मामिलाबारे निर्णयको प्रत्यक्ष अधिकार प्राप्त छ।उनीहरूलाई बारम्बार विभिन्न मुद्दामा निर्णय दिन राष्ट्रिय तथा क्षेत्रीय जनमतसङ्ग्रहमा सहभागी गराइन्छ।सार्वजनिक स्थलमा मुहार ढाक्ने इस्लामिक पहिरनको विषय अन्य युरोपेली देशहरूमा पनि विवादित छ।

फ्रान्सले सन् २०११ मा मुहार पूरै ढाक्ने पहिरनमाथि प्रतिबन्ध लगाएको थियो भने द नेदरल्यान्डस्, डेनमार्क, अस्ट्रिया र बल्गेरियाले पनि त्यस्ता पहिरनमाथि आंशिक वा पूर्ण प्रतिबन्ध लगाएका छन्।यो समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]