०६ आश्विन २०८१, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण २४, २०७७

काठमाडौं – मिर्मिरे लघुवित्तले थप धितोपत्रको सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने प्रस्तावसहित १० औं वार्षिक साधारणसभा बोलाएको छ ।

चैत १८ गते बनेपाको पञ्चकन्या बैंन्क्वेटमा बोलाएको साधराणसभाले आर्थिक वर्ष २०७६/०७७ को सञ्चित मुनाफाबाट सञ्चालक समितिले सेयरधनीलाई प्रस्ताव गरेको लाभांश पनि पारित गर्नेछ । साधारणसभामा कम्पनीले हाल कायम चुक्ता पूँजीको ९.१९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४८ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्नेछ । सार्वजनिक निष्कासन नगरेको स्वेडा लघुवित्तलाई मर्जर गरेको कम्पनीले संस्थापक र साधाण सेयर संरचना मिलाउन धितोपत्रको थप सार्वजनिक निष्कासन गर्ने प्रस्तावसमेत साधारणसभामा पेश गर्ने कम्पनीले जनाएको छ ।

यस्तै अन्य कुनै उपयुक्त लघुवित्त वित्तीय संस्थासँग मर्जर अथवा एक्जिविशन सम्बन्धि सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारि दिने प्रस्ताव पनि पारित कम्पनीको सूचनामा उल्लेख छ ।

लघुवित्तले साधारणसभाको लागि ८ गतेदेखि १८ गतेसम्म (सेयरधनी दर्ता किताब बन्द राख्ने (बुकक्लोज) हुन जनाएको छ । जसअनुसार चैत ७ गतेसम्म कायम सेयरधनीले कम्पनीको लाभांश पाउनेछन् भने साधारणसभामा भाग लिन पाउनेछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]