इजरायलले काेराेना खाेप लगाएका आफ्ना नागरिकलाई ‘हरियाे पासपोर्ट’ दिएकाे छ। खाेप लगाए/ नलगाएकाे समूहकाे पहिचान गर्न हरियाे पासपाेर्ट दिएकाे त्यहाँकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।
हालसम्म ५५ प्रतिहत जनसंख्याले हरियाे पासपाेर्ट प्राप्त गरेकाे मन्त्रालयले जनाएकाे छ। यस्ता पासपाेर्ट प्राप्त गर्ने व्यक्ति रेस्टुरेन्ट, थिएटर, स्टेडियम, कार्यक्रम हल र बजार जान सक्ने छन्।यसका साथै सीमित व्यक्तिहरूलाई सांस्कृतिक, खेल र सार्वजनिक कार्यक्रमहरूमा भाग लिन अनुमति दिइनेछ।
स्वास्थ्य मन्त्री युली एडेलस्टेनले भने, ‘यो क्षणमा वास्तवमै अगाडि बढ्ने एकमात्र मार्ग हो । हामीले खोप लिनु पर्छ, हामीले लगाइदिने छाैं।’