१९ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण २४, २०७७

मोरङ – मोरङमा आइतबारदेखि सुरु भएको कोरोनाविरुद्धको खोप लगाउन ज्येष्ठ नागरिक भीड लागेको छ । डरत्रासका कारण कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रम प्रभावकारी नहुने आकलन भइरहेका बेला वृद्धावृद्धाको उपस्थिति बढेको हो ।

अभियान चलाउनुअघि स्वास्थ्यकर्मीले गाउँ-गाउँ गएर कोरोनाको खोपका विषयमा ज्येष्ठ नागरिकलाई सम्झाई-बुझाई गरेका थिए । खोप लगाउन आग्रह गर्दै स्वास्थ्यकर्मी गाउँटोलमै परिचालित भएपछि ज्येष्ठ नागरिकको उपस्थिति बढेको हो । सबैलाई घरघरमै गएर खोप लगाउँदाको फाइदा र बेफाइदा बारे जाकारी गराएको स्वास्थ्यकर्मी सन्तोष विश्वकर्माले बताए । ‘पहिला कुनै पनि खोप नलगाएकाले समेत उत्साहित भएर खोप लगाएका छन् । खोप लगाएका ज्येष्ठ नागरकले अरूलाई पनि लगाउन प्रोत्साहित गरिरहेको पायौँ’, विश्वकर्माले भने ।खोप लगाउन नागरिकता, मतदाता परिचयपत्र वा लाइसेन्स अनिवार्य गरिएको छ । गर्भवती महिला, सिकिस्त बिरामीले खोप लगाउन नहुने डा. उमेश साहले बताए ।

मोरङमा ३२ हजार बढीलाई खोप लगाइँदै छ । २८ फागुनसम्म खोप केन्द्र तथा नजिकैको स्वास्थ्य केन्द्रमा खोप लगाउन मिल्ने जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]