११ पौष २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण २६, २०७७

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छादार एक वर्षदेखि विशेष अदालतको भ्रष्टाचार मुद्दामा ‘फरार’ भएका छन्।

म्याद जारी गरेको एक वर्षसम्म पनि उनी उपस्थित नभएको अदालतले जनाएको छ। गत वर्ष फागुनमा विशेषले १५ दिनभित्र अदालत उपस्थित हुनु भनी म्याद पठाएपछि गच्छदार उपस्थित नभई फरार भएको विशेष अदालतमा प्रवक्ता पुष्पराज पाण्डेयले बताए।बालुवाटारको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा चार मन्त्री र तीन पूर्वसचिवसहित १ सय १० जनालाई भ्रष्टाचार मुद्दा दायर गरेको थियो। यीमध्ये पूर्वमन्त्रीहरु चन्द्रदेव जोशी, छविराज पन्त हाजिर भएका छन्। विशेषले जोशीलाई साधारण तारेखमा रिहा गर्‍यो भने पन्तसँग पाँच लाख धरौटी माग गरेको थियो।

मोरङ जिल्ला अदालतमार्फत विशेषले म्याद तामेलीको पत्र पठाएको थियो। तर, हालसम्म म्याद तामेल भएर नआएको विशेष अदालतमा प्रवक्ता पाण्डेयले बताए। विशेषले प्रतिवादी बनाएकामध्ये ‘हाइप्रोफाइल’ पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति गच्छदार र रामकुमार सुवेदी अझै फरार रहेका छन्। सुवेदी उक्त जग्गाको मुख्य बिचौलिया हुन्। उनले उक्त सरकारी जग्गा व्यक्तिको बनाउन लेखापढी व्यवसायीको रुपमा भूमिसुधार विभागदेखि मालपोत कार्यालयसम्म भूमिका खेलेका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]