युभेन्ट्स च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाट बाहिरिएको छ ।
मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा पोर्चुगिज क्लब पोर्टोलाई ३–२ ले पराजित गरे पनि इटालियन क्लब युभेन्ट्स अवे गोलको आधारमा बाहिरिएको हो ।घरेलु मैदानमा युभेन्ट्सले समग्रमा ४–४ गोलको बराबरी नतिजा ल्याउँदा पोर्टो अवे गोलको आधारमा अन्तिम आठमा पुगेको हो । पहिलो लेगमा पोर्टोले युभेन्ट्सलाई २–१ ले हराएको थियो ।
खेलको १९औँ मिनेटमा सर्जियो अलिभिएराले पेनाल्टीमा गोल गर्दै पोर्टोलाई अग्रता दिलाएका थिए । ४९औँ मिनेटमा फेडेरिको किएजाले गोल गर्दै युभेन्ट्सलाई १–१ को बराबरीमा ल्याए । ५४औँ मिनेटमा पोर्टोका मेहेदी टेरेमी दुईवटा पहेलो कार्ड खाँदै मैदानबाहिर जाँदा पोर्टाे १० खेलाडीमा समेटियो ।६३औँ मिनेटमा किएजाले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई २–१ को अग्रता दिलाए । खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको ११५औँ मिनेटमा सर्जियोले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्टोलाई २–२ को बराबरीमा ल्याए ।
११७औँ मिनेटमा एड्रिएन राबिअटले गोल गर्दै युभेन्ट्सलाई ३–२ को जित दिलाए । तर, युभेन्ट्स अन्तिम आठमा भने पुग्न सकेन ।