परिवारमा ५ छोराछोरी रहेका ६० वर्षीय वृद्धले दोस्रो बिहे गर्न जिद्दी गर्यो भनेर पत्याउन गाह्रो पर्ला । तर भारतको राजस्थानबाट यस्तै समाचार बाहिरिएको छ ।
राजस्थानको धौलपुरमा ५ सन्तानका बुवा र नातिनातिनीका बाजे बनिसकेका ६० वर्षीय वृद्ध सोबरन सिंह आत्महत्या गर्ने उद्देश्यले ११ हजार भोल्टेज क्षमताको बिजुलीको पोलमा चढे । आफूले दोस्रो बिहे गर्न पाउनुपर्ने भन्दै ती वृद्धले परिवार र बच्चाहरूमाथि दबाब दिँदै आएका थिए ।सौभाग्य नै मान्नुपर्छ, जतिबेला ती वृद्ध पोलमा चढेर तारलाई छुनै लागेका थिए, त्यतिबेला तारमा बिजुली थिएन । जसले गर्दा ती वृद्ध मृत्यु हुनबाट जोगिए ।
वृद्धको उद्देश्य थाहा पाएपछि परिवार र गाउँलेले स्थानीय बिजुली सवस्टेसनका कर्मचारीलाई खबर गरेपछि लाइन काटिएको थियो ।गाउँले र परिवारले सम्झाएपछि बल्ल ती वृद्ध पोलबाट बाहिर ओर्लिए । ती वृद्धकी पत्नीको मृत्यु ४ वर्षअघि भएको थियो ।वृद्धका ३ छोरा र २ छोरी रहेका छन् । पाँचै छोराछोरीको बिहे पनि भइसकेको छ । वृद्धका नातिनातिनी समेत भइसकेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यस्तो अवस्थामा ती वृद्धले बिहे गर्न जिद्दी गर्दै आत्महत्या नै गर्न तम्सिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।