०९ मंसिर २०८१, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण २६, २०७७
Sorry No Photo is selected hare

कैलालीको टीकापुरस्थित शिवमन्दिर व्यवस्थापन समितिले यस वर्ष शिवरात्रिमा अखण्ड अष्टयाम महापूजा गर्ने भएको छ ।

मन्दिर व्यवस्थापन समितिले फागुन २७ गते शिवरात्रिका दिन बिहान ५ बजेदेखि २८ गते बिहान ५ बजेसम्म अखण्ड अष्टयाम महापूजा गर्ने तयारी थालेको छ ।यसअन्तर्गत विभिन्न आठवटा चरणमा धार्मिक अनुष्ठान सम्पन्न गर्ने तयारी भएको छ । एक हजार आठ लड्डुको महाभोग, १००८ बेलपत्रको बिल्वार्चनसहित विशेष पूजाअर्चना साथै सन्ध्याकालीन आरती र भजन कीर्तनसहित रात्रि जागरण हुने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद तिमिल्सिनाले जानकारी दिए । “शिवरात्रिका लागि मन्दिर परिसरमा सरसफाइ, पानीको व्यवस्था, स्वयंसेवक परिचालन र विभिन्न उपसमिति गठन भई परिचालन भइसकेका छन्”, अध्यक्ष तिमिल्सिनाले भने, “मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजनासहित काम थालेका छौँ ।”

उनले शिव मन्दिर टीकापुर शहर स्थापना सँगसँगै स्थापना भएको हुनाले नगरवासीका लागि ऐतिहासिक महत्व रहेको बताउनुभयो । “अघिल्लो वर्षभन्दा केही फरक गरौँ भन्ने साथीहरुको मनसायले मेहनत गरेका छौँ । सबैको सहयोग आवश्यक छ”, अध्यक्ष तिमिल्सिनाले भने, “शिवरात्रि विशेष खालका अनुष्ठानहरु गर्ने पर्व हो, यस पर्वमा तान्त्रिक अनुष्ठान गर्नाले बिग्नबाधा हट्न जान्छ ।”“धार्मिक क्षेत्रमा यस भेगकै प्रतिनिधित्व गर्ने संस्था भएका हुनाले यस मन्दिरकै कारण हाम्रो समाज एकढिक्का हुने अवस्था छ, यसको गरिमा बढाउन सबैले खुला हृदयबाट सहयोग गर्न जरुरी छ”, शिक्षक तथा सनातन संस्कृति प्रतिष्ठानका महासचिव चक्रपाणि भट्टराईले भने, “धार्मिक र ऐतिहासिक महत्व बोकेको यस मन्दिर विकास र संरक्षणमा समेत स्थानीय सरकारले चासो दिएको छ । हामी त्यसका सहयात्री भएर सनातन धर्म संरक्षणमा लागेका छौँ ।”

शिवरात्रिका दिन मन्दिर परिसरमा गाँजा, भाङजस्ता लागूपदार्थ प्रयोग गरिएको खानेकुराको बेचबिखन पूर्णरूपमा बन्देज गरिने आयोजकले जनाएको छ । मन्दिरमा सभ्य तरिकाले दर्शन र पूजा गर्ने वातावरण बनाउन मन्दिर व्यवस्थापन समितिले पहल गरिरहेको छ । कैलालीको टीकापुर नगरपालिकाले नगरभित्र रहेका धार्मिक क्षेत्रको संरक्षणमा लगानी बढाएको छ । “शिव मन्दिर संरक्षण र विकासका लागि गुरुयोजना निर्माण गर्न थालेका छौँ । रु सात लाख रकम विनियोजन गरेर मन्दिरको गुरुयोजना बन्दैछ”, नगरप्रमुख तपेन्द्रबहादुर रावलले भने, “संस्कृति, मठमन्दिरले समाजलाई जोड्नुका साथै सही मार्ग देखाउने भएकाले प्राकृतिक, सांस्कृतिक र धार्मिक महत्व बोकेका क्षेत्रको संरक्षण नगरपालिकाले गर्छ । हामी मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने अभियानमा जुटेका छौँ ।”

यसका साथै कैलालीकै टीकापुर–७ सत्तीस्थित नेपालकै सबैभन्दा ठूलो शिवलिङ्ग रहेको सयौँ वर्ष पुरानो पदमप्रकाशेश्वर मन्दिरको विकासमा समेत नगरपालिकाले काम थालेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]