०६ आश्विन २०८१, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण २६, २०७७

काठमाडौं – गहुँ र तरकारीमा मल हाल्ने समय सकिएपछि सरकारले बंगलादेशबाट खरिद गरेको युरिया मलको पहिलो खेप नेपाल आइपुगेको छ । कृषि सामाग्री कम्पनी लिमिटेडको वीरगन्ज र विराटनगर कार्यालयमा झण्डै ३४ सय मेट्रिकटन युरिया मल आइपुगेको कृषि सामाग्री कम्पनी लिमिटेडले जनाएको छ ।
नेपाली ठेकदारले समयमै मल नल्याइदिएपछि गहुँ र तरकारीमा हाल्न भन्दै गत भदौदेखि सरकारले यो मल ल्याउने प्रक्रिया थालेको थियो । मंंगलबार राति २ हजार ५ सय टन युरिया मल बोकेको रेलवे र्‍याक वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह आइपुगेको कम्पनीका सूचना अधिकारी राजेन्द्र कार्कीले जानकारी दिए ।यस्तै ९ सय मेट्रिकटन मल बोकेको २१ वटा ट्रक विराटनगर आइपुगेको कार्कीले बताए । अहिले नेपाल भित्रिएको मल बंगलादेशबाट पहिलो खेपमा ल्याइएको २२ हजार ५ सय मेट्रिकटनको भएको कम्पनीले जनाएको छ । मंगलबार नै कोलकाताबाट मल बोकेको अर्को रेलवे र्‍याक पनि नेपालतर्फ हिँडेको कम्पनीले जनाएको छ ।

कम्पनीको गोदाममा आइपुगेका मल देशभरका ४१ वटा वितरण केन्द्रमार्फत बिक्री गरिने कम्पनीको तयारी छ । पहिलो चरणको मल भित्रिसकेपछि बाँकी २७ हजार पाँच सय मेट्रिकटन मल आयात पनि सुरु हुने कम्पनीले जनाएको छ । अहिले ल्याइएको मल धान बालीका लागि प्रयोग गर्न भण्डारण गर्ने कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]