सप्तरी – नेपालमा चाँदीको आयातमा भारी कमी आएको छ । चालु आर्थिक बर्षको माघ मसान्तसम्म आउँदा चाँदीको आयातमा ५९.६ प्रतिशतले घटेको हो ।
व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रको माघ मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । केन्द्रका अनुसार गत आवको माघसम्म ७ अर्ब ५३ करोड बराबरको चाँदी आयात भएको थियो ।
तर, चालु आवको यसै अवधीमा भने रु. ३ अर्ब ३ करोड ५३ लाख बराबरको चाँदी आयात भएको छ ।गत आवभरमा भने ९ अर्ब ४९ करोडको चाँदी आयात भएको थियो ।