१८ पौष २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बिहिबार, फाल्गुण २७, २०७७

कोभिड १९ विरुद्ध खोप अभियान अन्तर्गत अहिले ६५ वर्ष माथिका वृद्धवृद्धालाई खोप लगाउने कार्य भैरहेको छ । यो खोप लगाउन वृद्धवृद्धा उत्साहका साथ सहभागि पनि भैरहेका छन् ।

अभियान अन्तर्गत काभ्रे जिल्लाको पनौती नगरपालिका अन्तर्गत सबै वडा क्षेत्रमा खोप अभियान सञ्चालन गरिएको छ । नगरपालिकाको ११ वटा वडामध्य अब वडा नं ७ का वृद्धवृद्धालाई मात्र खोप लगाउन बाकि छ । यो वडामा पनि शुक्रवार र शनिवार खोप लगाउन इन्द्रेश्वर उच्च माविमा केन्द्र तोकिएको छ ।विहिवार वडा नं ८ र वडा नं ४ का बासिनदालाई खोप लगाइएको छ । यो खोप लगाउन धेरै जसो वृद्धवृद्धा एक्लै आएका थिए भने केहि वृद्धवृद्धालाई घरपरिवारका सदस्यले खोप केन्द्र सम्म ल्याएका थिए । खोप सञ्चालन गर्न खोप केन्द्रमा एकजना डाक्टर सहित स्वास्थ्यकर्मीहरु खटिएका छन् । टौखाल हेल्थपोष्टका इन्चार्ज बाबुराम सुवेदीका अनुसार खोप लगाउन प्रत्यक वडामा ९५ प्रतिशत भन्दा बढी वृद्धवृद्धा आउने गरेका छन् ।

खोप लगाइसके पछि खोप लगाएको ठाउमा दुख्ने, रातो तातो हुने, कडा हुने, सुन्निने, चिलाउने, ज्वरो आउने, जाडो हुने, टाउको दुख्ने, माशपेशीको पिडा हुने, जोर्नी दुख्ने तथा वाकवाकी लाग्ने जस्ता समस्या आउन सक्ने भएकोले यसबाट नआत्तिन स्वास्थ्यकर्मीहरुले अनुरोध गरेका छन् ।कतिपय वृद्धवृद्धा खोप लगाएपछि ज्वरो आउछ भन्दै खोप लगाउन नआउने गरेको पाइएको महिला स्वयंसेवी सिता थापा बताउछिन् । खोप लगाएपछि सम्भावित समस्यालाई ध्यानमा राख्दै केही समस्या आएमा सिटामोल खान सल्लाह दिएका छन् ।

पनौती नगरपालिका क्षेत्र भित्र ६५ वर्ष माथिका वृद्धवृद्धाको संख्या करिब ३ हजार रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]