०८ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, कार्तिक १६, २०७७

सप्तरी – भारतमा पहिलोपटक समुद्री विमान सेवा सुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार सो समुद्री विमान सेवाको उद्घाटन गरेका छन् । शुक्रबारदेखि गृहनगर गुजरातको भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री मोदीले यो विमान सेवाको सुरुवात गरेसँगै केवडिया र साबरमतिबीचको २ सय २० किलोमिटरेको दूरी अब ४० मिनेटमा पार गर्न सकिने भएको छ।
प्रधानमन्त्री मोदीले विमानसेवाको उद्घाटन लगत्तै अपरान्ह १ बजे केवडियाबाट उडान गरेका थिए । उनी १ बजेर ४० मिनेट जाँदा सावरमतिस्थित नदीको किनारमा उत्रिएका थिए । गुजरातको नर्मदा जिल्लामा अवस्थित सो परियोजना मोदीले लिएको महत्वाकाँक्षी परियोजना थियो । भारतीय जनताका लागि समुद्री विमानमार्फत सुविधा प्रदान गर्ने मोदीको यो ड्रिम प्रोजेक्ट हो । उक्त विमानमा सवार हुने यात्रुले १५ सय भारु भाडा तिर्नुपर्ने हुन्छ ।

उक्त विमानको वजन ३३ सय ७७ किलो रहेको छ भने फ्युल क्यापेसिटी १४ सय १९ लिटर रहेको छ । त्यस्तै लम्बाई १६ मिटर रहेको छ भो उचाई ६ मिटर रहेको छ । विमानको फ्युल पावर २७२ लिटर प्रतिघण्टा रहेको छ । उक्त विमानले ५६७० किलोग्राम सम्मको वजन बोक्न सक्ने जनाइएको छ

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]