काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेलाई सिध्याउनेतर्फ अगाडि बढेको नेता प्रदीप नेपालले बताएका छन् ।
आफू इतर सबै नेतालाई भूमिकाविहीन बनाएर ओलीले एमाले छिन्नभिन्न बनाउने बाटोमा हिडे्को उनको भनाइ छ ।जनताको बहुदलीय जनवादको ठीक उल्टो र निरंकुशता भएर निस्कनुभयो, केपी ओली’, उनले भने, ”कमसेकम बस्नुपर्छ, कुरा गर्नुपर्छ । आफ्नो कुरा राख्नुपर्छ नि । तर अध्यक्ष ओलीले पार्टी नेताहरुलाई अपमान गरेर निरंकशता देखाएको उनको आरोप छ । उनले भने झलनाथ खनाल, माधव नेपालहरुलाई अपमान गरे ।
अब एमाले एउटै हुने सम्भावना नै देखिदैन् । साथै अब आफू एमालेको कुनै गुटमा नरहने पनि उनले बताए । ओलीले खनाल-नेपाल समूहका सवै नेतालाई भूमिकाविहीन बनाउने निर्णय गरेका छन् । ओलीको यो कदम लगत्तै इतर समूहले पनि केन्द्रीय कमिटी सदस्य र सांसदहरुको बैठक बोलाएको छ ।