अफ्रिकी मुलुक केन्यामा दुई महिनाका लागि कर्फ्युको घोषणा गरिएको छ ।कारोना भाइरस सङ्क्रमितको संख्या वृद्धि हुँदै गएकाले संक्रमणको रोकथामका लागि कर्फ्यू लगाइएको केन्याली राष्ट्रपतिले जानकारी दिएका छन् ।
समाचार एजेन्सी एएफपीले दिएको खबर अनुसार केन्याका उहुरु केन्याटाले शुक्रबार कर्फ्यूको समय बढाउने घोषणा गरेका हुन् । रातिको समयका लागि मात्रै देशव्यापी रुपमा कर्फ्यू लगाइएको छ । कर्फ्यू समय बेलुका ७ बजेबाट बिहान ५ बजेसम्म रहने घोषणा राष्ट्रपतिले गरेका छन् निश्चित गतिविधि गर्न रोक लगाइएको छ । कारोना संक्रमणको दोस्रो लहर आइसकेको केन्यामा अब तेस्रो लहर सुरु हुने चेतावनी दिइएको छ । होटल, बार तथा रेस्टुरेन्टहरु राती ९ बजेपछि बन्द गरिसक्न प्रशासनले निर्देशन दिएको छ । दिउँसोको समयमा समेत धेरै गतिविधिहरुमा प्रतिवन्ध लगाइएको छ । केन्याका बाहिरी देशसँगका सीमाहरु बन्द गरिएको छ । विद्यालयमा बन्द गरिएको छ ।
केन्यामा कोरोना संक्रमण र मृत्युको संख्या भने नेपालको भन्दा कम छ । हादसम्म १ लाख १२ हजार जतिमा संक्रमण पुष्टि हुँदा कोरोनाबाट ज्यान गुमाउनेको संख्या करिब २ हजार पुगेको छ ।