१९ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, कार्तिक १७, २०७७

सप्तरी – सगरमाथा आरोही शर्मिला लामा नेतृत्वको ५ सदस्यीय टोलीले जुगल हिमशृंखलाअन्तर्गत ग्याल्सेन पिकको सफल आरोहण गरेको छ। ६ हजार १ सय ५१ मिटर उचाइको उक्त पिक यही कात्तिक ३ गते आरोहण गरेको पर्वतारोही लामाले बताइन्।

पर्वतारोही लामाका अनुसार पर्यटन विभागले शुक्रबार प्रमाणपत्र दिएको छ। आरोहण टोली काठमाडौंबाट आफ्नो नेतृत्वमा आधारशिविरसम्म गएको उनले उल्लेख गरिन्। त्यहाँबाट माथि क्लाम्बिङ गाइड आङ्दोर्जे शेर्पाले नेतृत्व गरेका थिए। आरोहण टोलीमा लामासहित पेम्बा तामाङ, आङ छिरिङ शेर्पा, सार्की शेर्पा, आङ दोर्जे शेर्पा र पासाङ काजी शेर्पा सहभागी थिए। पासाङ काजी अस्वस्थताका कारण हाइक्याम्पबाट फर्किएका थिए।

लामाले सिन्धुपाल्चोकको जुगल गाउँपालिका उपाध्यक्ष सिर्जना लामा स्थानीय सरकारको प्रतिनिधित्व गर्दै आधारशिविरसम्म गएको बताइन्। उनका अनुसार जुगल गाउँपालिकाकै आयोजनामा सोउल हिमालय ट्रेक एन्ड टुरले आरोहणको व्यवस्थापन गरेको हो। जुगल हिमाल विदेशी पर्यटकका लागि काठमाडौंबाट सबैभन्दा नजिकको गन्तव्य बन्न सक्ने भए पनि ओझेलमा परेकाले आरोहण गरेको उनले बताइन्।

कोरोना महामारीका कारण विश्व आक्रान्त भइरहेका बेला निराशा र तनावबाट मुक्त हुनुपर्छ भन्ने सन्देश दिन पनि पीसीआर परीक्षण गरी हिमाल आरोहणमा गएको उनको भनाइ छ। उनी मानव बेचबिखनविरुद्धको सन्देशसहित विश्वका १४ हिमशिखर (८ हजार मिटरभन्दा अग्ला) चुम्ने अभियानमा छिन्। उनले सर्वोच्च शिखरसगरमाथासहित मनास्लु, युरोपकै अग्लो माउन्ट एल्ब्रुसलगायत हिमाल आरोहण गरिसकेकी छन्। दुई महिलाले मात्रै ८ हजार मिटरभन्दा अग्ला १४ हिमशिखर चुम्न सकेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]