नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेका नेता माधवकुमार नेपाललाई भेट्न नेपालनिवास कोटेश्वर पुगेका छन् ।
दुवै नेताबीच समसामयिक राजनीतिका बारेमा कुराकानी भइरहेको स्रोतले बतायो ।सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिने फैसला गरेपछि तत्कालीन नेकपाको प्रचण्ड-नेपाल पक्ष छुट्टिएर साविककै दलमा आबद्ध भएका थिए ।नेता नेपाल पक्ष एमालेमै फर्किएपछि एमालेभित्र अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच अन्तरसंघर्ष चर्किएको छ ।शनिवार माओवादी केन्द्रले बैठक बोलाएर एमालेतिर लागेका पूर्व माओवादी नेता र सांसदहरूलाई कारवाही गर्ने निर्णय गरेको छ ।
तरल राजनीतिक अवस्थामा प्रचण्ड र नेपालको भेटघाटलाई चासोका साथ हेरिएको छ ।